एसडीएफ समष्टिस्तरीय कार्यकारिणी समितिको मासिक सभा सम्पन्न

photocollage_202286225623873.jpg

गान्तोक: एसडीएफ पार्टी मुख्यालयमा आज आरिथाङ समष्टिको समष्टिस्तरीय कार्यकारिणी समितिको मासिक सभा सम्पन्न भयो। उक्त सभा समितिका अध्यक्ष सोनाम भोटियाको अध्यक्षतामा आयोजित गरियो। उक्त सभाले पार्टीद्वारा गरिने भावी कार्यक्रम र रणनीतिबारे व्यापक छलफल गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामा क्षेत्रका दुई जना प्रगतिशील स्थानीय युवाहरू एसडीएफ पार्टीमा सामेल भएको बताइएको छ। सभाले क्षेत्रमा हरेक वार्डमा रहेका कार्यकर्ताहरूसँग दह्रिलो सम्पर्क विस्तार गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने तथा नवीकरण गर्ने कार्यलाई निरन्तर अघि बढ़ाउने, समष्टिस्तरीय कार्यकारिणी समितिले युवाहरूलाई पार्टीमा सामेल गराउँदै लाने निर्णय गरियो।
क्षेत्रमा हरेकका घर-घरमा गई पार्टीले जनसम्पर्क बढ़ाउने र पार्टीको पहिचान पत्र प्रदान गर्ने सभामा निर्णय गरियो। सभामा समितिका उपाध्यक्ष, महासचिवसहित प्रचार सचिव, कोषाध्यक्ष, संयोजक, उपसंयोजकलगायत वार्डस्तरीय समितिका सम्पूर्ण पदाधिकारी, कार्यकर्ता तथा सदस्यहरूको व्यापक उपस्थिति रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *