सोरेङमा छात्रावृति, एसटी एससीमाथि हुने अत्याचार र रोकथाममाथि अभिमुखी कार्यक्रम आयोजित

IMG-20220806-WA0188.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज सोरेङ जिल्लाको सामसिङ पिपले ग्राम पञ्चायत यूनिटमा अनुसूचित जाति र जनजातिहरूमा हुने (अत्याचार नियन्त्रण) र छात्रवृत्ति योजनाहरूबारे एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। सामाजिक न्याय एवम कल्याण विभागद्दारा प्रदान गरिने छात्रावृतिमाथि जागरूक गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपममा पञ्चायत उपाध्यक्ष कमल घतानी रहेका थिए। सोही प्रकारले कार्यक्रममा पञ्चायत सदस्यगण, आशाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा स्रोतवक्ताकोरूपमा सोरेङ जिल्ला न्यायालयका अधिवक्ता मनोज सुब्बा र टाशी डोमा भोटिया रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै स्रोतवक्ता मनोज सुब्बाले पुरानो जमानामा प्रचलित जातीय व्यवस्थाको बारेमा प्रकाश पारे। उनले भारतीय समाजमा जातीय मुक्तिको विषयमा पनि जोड दिए। उनले भारतीय संविधानको विशेष गरी धारा १७ अन्तर्गतका विभिन्न कानुनी प्रावधानहरूको बारेमा सचेत गराए। सोही प्रकारले अर्को स्रोतवक्ता टाशी डोमा भोटियाले मुख्यत अनुसूचित र जनजातिमाथि हुने गरेको अपराधले अपराधले कसरी मानिसहरूक ध्यान आकर्षित गर्छ भन्ने बारेमा जानकारी गराइन्। उनले भारतको सर्वोच्च अदालतका विभिन्न ऐतिहासिक निर्णयहरूको बारेमा पनि कुरा गरे, जहाँ अत्याचारका मुद्दाहरू अहिले पनि यथावत रहेको बताइन्। उनले घरेलु हिंसा ऐन र पोक्सो ऐनको विषयमा पनि जोड दिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *