विद्यार्थीहरूलाई लिएर गेजिङमा भाषण प्रतियोगिता आयोजित

IMG-20220806-WA0186.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत गेजिङ जिल्लास्थित क्योङसा कन्या उच्चत्तर माध्यमिक विद्यालयमा भाषण प्रतियोगिता आयोजना गरियो। गेजिङ जिल्ला आपदा प्रबन्धन र जिल्ला प्रशासन केन्द्रको संयुक्त पहलमा आयोजित कार्यक्रममा गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल अगावाने रोहन रमेश रहेका थिए भने विशिष्ट अतिथिमा महकुमा अधिकारी सन्तोक कुमार आले लगायत विभिन्न विभागका अधिकारीहरूले अंशग्रहण गरेका थिए। यस अवसरमा कूल १३ वटा विद्यालयले सहभागिता जनाएका थिए,जसमा बर्मेक मार्तम वरिष्ठ माध्यमिक विद्यालयकी छात्रा प्रिया छेत्रीले पिहलो स्थान ओगटन सफल भइन् बने दराप स्कूलकी छात्रा नुनाम लिम्बू दोस्रो र लेग्शेप विद्यालयकी छात्रा अञ्जिता छत्री तेस्रो भइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल रमेशले सर्वप्रथम 76 औं स्वतन्त्रता दिवसको अवसरमा सबैलाई बधाइ एवम शुभकामना दिए। उनले ‘आजादी का अमृत महोत्सव’ भारत स्वतन्त्रत भएको ७५ औं वर्षको अवसरमा मनाउन र यसको गौरवशाली इतिहास, जनता, संस्कृति र उपलब्धिप्रति गौरवको अनुभूति गर्न पहल गरिएको जानकारी गराए। उनले राष्ट्रिय अभियान ‘हर घर तिरंगा’ बारे पनि प्रकाश पारे। यस अभियानलाई सफल तुल्याउनको निम्ति सबै जना सहभागी हुनु पर्ने आग्रह गरे। मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देशन अनुसार घर-घरमा राष्ट्रिय झण्डा फहराउन सबैलाई अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *