तीन लाखभन्दा अधिकको चेक वितरण

IMG_20220805_231554.jpg

गान्तोक: ४० जना कृषकलाई वित्तीय प्रोत्साहनको रूपमा शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आफ्नो निर्वाचन क्षेत्रका तीन लाखभन्दा अधिकको चेक वितरण गरेका छन्। स्यारी निर्वाचन क्षेत्रका सीएलसी अध्यक्ष लाक्पा कागतेले राज्य सरकारद्वारा कृषिको क्षेत्रमा शुरू गरेका विभिन्न कार्यक्रमहरूमाथि प्रकाश पारे। उनले कृषकहरू कसैसॅंग पनि कुनै प्रकारको भेदभाव नगरि वित्तीय प्रोत्साहन वितरण गरिएको बताए।
बागवानी विभागका संयुक्त निदेशक पासाङ तामाङ मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना अन्तर्गत विभिन्न कार्यक्रमहरूबारे जानकारी गराए। तिनले क्षेत्रका विशेष गरि नगदेबाली कृषकहरूलाई प्रोत्साहन प्रदान गरिएको बताए। उनले तीन हजार रूपियाँसम्मको प्रोत्साहन राशि प्रत्यक्ष लाभ हस्तान्तरण गरिने छ भने तीन हजारभन्दा धेर राशि चेकद्वारा प्रदान गरिने बताए।
मुख्यमन्त्रीले उल्लेखनीय कृषि आधारित योजना शुरू गरेको बताउॅंदै यसको उद्देश्य कृषहरूलाई आत्मनिर्भर अनि आर्थिक रूपमा सम्पन्न बनाउनु रहेको उनले बताए। तिनले कृषकहरूको कल्याणका लागि दूरदर्शी योजना शुरू गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *