सिलगढी: उत्तरकन्यामा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा खालपाडा आउटपोस्ट पुलिसले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्ने महिला टुम्पा घोषलाई आज सिलगढी अदालतमा पेश गरियो। तिनलाई ५ दिनको पुलिस हिरासतमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी थाना अन्तर्गत घोषपाड़ा इलाका निवासी मौमिता घोषले हिजो खालपाड़ा आउटपोस्टमा नोकरी लगाइदिने प्रलोभन देखाएर २ लाख रुपियाँ ठगेको टुम्पा घोषविरुद्ध अभियोग दर्ता गरेकी थिइन्। रुपियाँ लिए तापनि टुम्पाले तिनलाई नोकरीको लागि बारम्बार मिति दिने गर्दथिन्। लामो समय प्रतीक्षा गरे तापनि नोकरी नपाएपछि तिनले आफू ठगेको थाहा पाएर थानामा टुम्पाविरुद्ध अभियोग दर्ता गरेको बताइएको छ।