सुपर कप सिजन २ फुटबल टुर्नामेन्ट खेल आयोजना हुने

007ffddfd3-c5fa-4e62-8695-dc50892ed839

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत वीरपाडास्थित बडाहौदा देवीसिमल सर्वसमाजले २५ अगस्तदेखि सुपर कप सिजन २ फुटबल टुर्नामेन्ट खेलको आयोजना गर्ने विषय एक आधिकारिक घोषणा गरेको छ| आज प्रेसवार्ताद्वारा उक्त सर्वसमाजका पदाधिकारीहरूले आगामी २५ अगस्तको खेलबारे जनाएका छन्| उक्त समाजले यसबर्ष पुरस्कार राशिमा वृद्धि गरेर प्रथम विजेतालाई १ लाख रूपियॉं साथै ट्रफी अनि उप विजेतालाई ५० हजार रुपियॉं साथै ट्रफी प्रदान गर्ने घोषणा गरेका छन्| आयोजक पक्षले यसपाली प्रत्येक फुटबल टोलीहरूको निम्ति प्रवेश शुल्क ७०० रूपियॉं राखेको छ|

  विगतमा झै कुल १६ वटा फुटबल टोलीहरूले भाग लिनेछ भने खेल केवल चार दिनको हुनेबारे आयोजक प्रवक्ता श्याम गुरुङले बताए| उक्त सुपर कप फुटबल टुर्नामेन्ट यसपाली अझ भव्य हुने तथा यसपाली नेपालका फुटबल टोलीलाई पनि निमन्त्रण दिइसकेको पनि तिनले बताए| खेल ९ सेट अनि ३ अतिरिक्त खेलाडीहरूद्वारा खेल्नुपर्ने तथा खेलका अन्य नियमवालीहरू फिफा नियम अनुरूप रहने तथा विगतमा झै यथावत रहने बताए| सर्वसमाजका प्रकाश थापाले भने, खेल आयोजन गर्नु मुल उद्देश्य खेलकुददेखि विमुख रहेका तथा अन्य नचाहिँदो लतमा लागेका युवाहरूलाई खेलप्रति ध्यानाकर्षण गर्नु हो भनी बताए| विगतको खेलमा खेलप्रेमीहरूबाट सकारात्मक जवाफ आएको अथवा खेललाई रूचाएको पनि प्रकाश थापाले बताए|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *