सभ्यता स्वनिर्भर गोष्ठीद्वारा सर-सफाई अभियान

0d10e50f1-d8af-420e-a9df-6aaa1aac064c-1

वीरपाड़ा: नेपानीया कालापानी आईटीडीपी प्राथमिक विद्यालय र कालापानी उप-स्वस्थ्य केन्द्र परिसरमा आज गाउँका सभ्यता स्वनिर्भर गोष्ठीका दसजना सदस्यहरू मिलेर सर-सफाई अभियान चलाए| सभ्यता स्वनिर्भर गोष्ठीका अध्यक्ष सुधा तामाङ,सचिव रुबिना खातुन, कोषाध्यक्ष ईश्वरी छेत्री भुजेलले भनिन्, वातावरण सफा राख्यौँ भने स्वास्थ्यमा सुधार आउँछ| स्वस्थ्य नै  ठूलो सम्पति मानिन्छ| यही मन्त्रलाई आत्मसाथ गर्दै आज सभ्यता स्वनिर्भर गोष्ठीका दसजना महिला सदस्यहरू मिलेर नेपानीया कालापानी आईटीडीपी विद्यालय अनि कालापानी उप स्वास्थ्य केन्द्र परिसरमा सर-सफाई गर्‍यौँ

त्यसर्थ दुवै सरकारी भवन परिसरमा सर-सफाई गरिएको सभ्यता स्वनिर्भर गोष्ठीले बताए| भविष्यमा अझै कालापानी क्षेत्र भरी सफाई कार्यक्रम गरिने गोष्ठीका अध्यक्ष सुधा तामाङले बताइन्| सर-सफाई कार्यक्रमप्रति  विद्यालयका शिक्षक भोजबहादुर भुजेलले सभ्यता स्वनिर्भर गोष्ठीका कार्य सराहनीय रहेको बताए| सर-सफाई अभियानमा सभ्यता स्वनिर्भर गोष्ठीका प्रभा छेत्री, भूमिका छेत्री, सञ्चिता नेवार छेत्री, सरस्वती छेत्री, माया छेत्री, सोबिक्ता छेत्री, देवी माया भुजेलको सहभागिता रहेको थियो|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *