सिक्किमकी मुस्कान सुब्बा र लक्ष्मी तामाङले केरलाको चर्चित क्लब केरला ब्लास्टरमा खेल्ने

photocollage_20228522327112.jpg

गान्तोक: स्टेट स्पोर्ट्स एकाडमी सोरेङका दुई प्रतिभाशाली खेलाडी सुश्री मुस्कान सुब्बा र सुश्री लक्ष्मी तामाङले केरला राज्यको प्रतिष्ठित क्लब केरला ब्लास्टरबाट खेल्ने सम्झौतामा करार गरेकी छन्। सानो हिमाली राज्य सिक्किमको दुर्गम गाउँमा जन्मिएकी यी महिला खेलाडीले यसरी देशको चर्चित क्लबबाट खेल्नुपाउनु एउटा ठूलो उपलब्धि हो।

अन्डर १९-को राष्ट्रिय टिममा देशलाई प्रतिनिधित्व गरिसकेकी सुश्री मुस्कान सुब्बाले मिडफिल्डरको रूपमा मैदानमा उत्कृष्ट प्रतिभाको छाप बनाइसकेकी छिन्। उनी सोरेङ जिल्ला अन्तर्गत टिम्बुरबुङ निवासी हुन्। यसरी नै केरला ब्लास्टरमा चयनित अर्को खेलाडी सुश्री लक्ष्मी तामाङ पनि होनहार खेलाडी हुन्। उनी पनि अन्डर १६ का राष्ट्रिय महिला खेलाडी हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *