पोकलोक कामराङमा इण्टर हिल्स भलिबल प्रतियोगिता आरम्भ

IMG_20220805_220118.jpg

नाम्ची: पोकलोक कामराङ समष्टिको देन्चुङमा आज आजादीका अमृत महोत्सव कार्यक्रमअन्तर्गत इण्टर हिल्स भलिबल टुर्नामेण्ट प्रतियोगिता शुरु भयो। पोकलोक नन्दुगाउँ बीएसी स्पोर्टिङ क्लब, नन्दुगाउँ सीनियर सेकेण्डेरी स्कूलको संयुक्त तत्वावधानमा आयोजित प्रतियोगिताको शुभारम्भमा मुख्य अतिथिको रूपमा नाम्ची जिल्लाका जिल्लाअध्यक्ष छिरिङ डेम भोटिया उपस्थित रहेकी थिइन् भने पोकलोक नन्दुगाउँका खण्ड विकास अधिकारी मुकेश दाहाल, आयोजक समितिका संरक्षक बबिता लिम्बू लगायत अन्यको उपस्थिति रहेको थियो।

आजको पहिलो खेल राङगाङ अनि रिदाङमाझ भएको थियो जसमा राङगाङ विजयी बन्यो भने दोस्रो खेलमा तिमी तार्कुलाई पराजित गर्दै एसएपी सिक्किम विजयी बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *