पिउने पानीको समस्या भोग्दै बक्सारोड २८ र २९ बस्तीका बासिन्दाहरु

01065ee73-0d7b-4f51-a42e-c564ae2719d6

कालचिनी: नदी र जरुवा पानीको प्राक्रतिक श्रोतबाट गाउँलेहरु मिलेर पाइपलाइन गर्दै पानीको जोगाड़ गर्दै आईरहेको बक्सारोड २८ र २९ बस्तीका बासिन्दाहरु यतिखेर समस्यामा परेको छ। बर्षाकाल र नदीको धाराले जोगाड़ गरेको पानीको पाइपलाइन पनि सबै भत्किएपछि अहिले पिउने पानीको प्रचण्ड समस्यामा गाउँलेहरु परेका छन्। सरकारी पिउने पानीको प्रकल्पको बोर्ड लगाईएता पनि आजसम्म उक्त कथित प्रकल्पको पानी २८ र २९ बस्तीका बासिन्दाहरुले नपाएको गुनासो गर्दै गाउँलेहरु आफै मिलेर प्राकृतिक श्रोतबाट ल्याउने पानीको मुहान पनि बिग्रिएको र पाइपलाइन जम्मै भत्किएकोले पिउने पानीको जोगाड़ गर्न गाउँलेहरु कोही साइकलमा कोही स्कूटी लिएर प्रायः ३ किलोमीटर टाढ़ा सुन्तलाबारीबाट पानी ल्याउन परिरहेको बताउँछन् २८ र २९ बस्तीका बासिन्दाहरु।

गाउँको लागि पानीको रिजर्भ ट्याङ्की अहिले खाली भएको र कल सुखा भएर ल्याउ पनि सुकेर पटपटती फुट्न थालेको गाउँलेहरुले जनाएका छन्। गाउँमा आजसम्म एउटा पनि रिगबोर पातालभेदी कलको व्यवस्था सरकारी पक्षबाट नगरेकोले पिउने पानीको समस्याले ग्रसित हुन परेको २८  र २९ बस्तीका गाउँलेहरु सञ्जय लामा, डल्ले लामा दिपे लामा र अजय राईले जनाएका छन्। गाउँमा पातालभेदी रिगबोरको दरकार परिरहेकोले सरकारले हामीलाई यहाँ रिगबोरको व्यवस्था गरिदियोस भनि माग गरेका छन्। यता पिउने पानीको समस्या लिएर राजाभातखावा ग्राम पञ्चायत प्रधान बबी लामाले यस सम्बन्धमा कुनै लिखित ज्ञापन नआएता पनि समस्या सम्बन्धित कुराहरु जान्नमा आएको र ग्राम पञ्चायतले गर्न सक्ने गर्दै आईरहेको जनाएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *