गोरुबथान युनाइटेड क्लब सेमिफाइनलमा

IMG_20220805_210855.jpg

५ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। मालबस्ती खेल मैदानमा आज भएको उद्घाटन म्याचमा गोरुबथान युनाइटेड क्लबले डीएफयू (डामडिम)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका सुमन विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा सनराइजिंग वेलफेयर क्लब (ढिपडाँड़ा) र आरएफए (ओदलाबारी)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ। आजको म्याचमा मुख्य रेफरी अशोक रोय थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा अलोप राई र राजेश थापा थिए। यसरी नै प्रतीथ परियार फोर्थ अफिसियल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *