५ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा जेभीसी सिंगतामले मल्ली एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका नेल्सनलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा डीईएसए पाक्योंगले जेकेएसएस-लाई २-१-ले पराजित गऱ्यो।टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
About Author
Post Views: 164