सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः जर्जियन एफसी-को जीत

IMG_20220805_201239.jpg

५ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शुक्रवार भएको म्याचमा कालेबुङको जर्जियन एफसी-ले जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा जर्जियन एफसीले तीनधारेको चाँद एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जाइल्स राई, देवाशिष राई र कुञ्जमान थापाले गोल गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *