१०५औं हर्ली मेमोरियल कपः भारतीय खेल प्राधिकरण (साई)-को एकतर्फी जीत

IMG_20220805_200803.jpg

५ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १५औं संस्करण शुक्रवारदेखि शुरु भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दोस्रो म्याचमा भारतीय खेल प्राधिकरण (साई)-ले युनाइटेड रंगबुल फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट फर्नाण्डोले २ गोल गरे। यसबाहेक चञ्चल बर्मन र आदर्श थापाले १-१ गोल गरे। अब शनिवार खेलिने पहिलो म्याचमा दार्जीलिङ डायनामो र तरुण खेलकुद संघबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी) र डोंग्री एफए (गान्तोक)-बीच खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *