नेहरु युवा केन्द्र दार्जिलिङद्वारा हर घर तिरंगा कार्यक्रम जिल्लाभरि आयोजना गर्ने

IMG-20220801-WA0196.jpg

दार्जीलिङ: नेहरु युवा केन्द्र दार्जीलिङले पनि ‘हर घर तिरंगा’ जिल्लाभरि नै व्यापक रूपमा सम्पन्न गराउने भएको छ। नेहरु युवा केन्द्र दार्जीलिङका एपिए महेन्द्र थिंगले बताए अनुसार हर घर तिरंगा’ भारतको स्वतन्त्रताको ७५औं वर्षको अवसरमा तिरंगा घरमा लाउनु र फहराउन मानिसहरूलाई प्रोत्साहित गर्न आजादीका अमृत महोत्सवको नेतृत्वमा एउटा अभियान हो र झण्डासँगको हाम्रो सम्बन्ध व्यक्तिगत भन्दा पनि औपचारिक र संस्थागत रहेको छ भनी बताएका छन्। यसरी नै स्वतन्त्रताको ७५औँ वर्षमा राष्ट्रको रूपमा सामूहिक रूपमा झण्डा घर घरमा लाउनु तिरंगासँगको व्यक्तिगत सम्बन्धको मात्र नभई राष्ट्र निर्माणप्रतिको हाम्रोप्रतिबद्धताको प्रतिक पनि हो। देशवासीको मनमा देशभक्तिको भावना जगाउनु र भारतीय राष्ट्रिय झण्डाको बारेमा चेतना जगाउनु नै हर घर तिरंगाको मुख्य पहल अनि विचार हो भनी बताएका छन्। नेहरु युवा केन्द्र दार्जीलिङका एनवाइभि विशाल तामाङले पनि हर घर तिरंगालाई जिल्लाभरि रहेका मानिसहरू विशेष गरी युवाहरूमा सफल तुल्याइदिने आग्रह गर्दै देशवासीको हृदयमा देशभक्तिको भावना जगाउने र देशको ७५औँ स्वतन्त्रता दिवस जनसहभागिताका साथ मनाउने यस अभियानको अवधारणा रहेको र भारतीय राष्ट्रिय झण्डाको बारेमा चेतना जगाउनु रहेको बताएका छन्। हर घर तिरंगा अभियान संसारभरिका धेरै भारतीयहरूलाई उनीहरूको घरमा राष्ट्रिय झण्डा फहराउन प्रोत्साहित गर्न सुरु गरिएको अभियान हो र यस वर्ष स्वतन्त्रताको ७५ वर्ष पुगेको अवसरमा यो अभियानले राष्ट्र निर्माणमा प्रत्येक नागरिकको समर्पण र राष्ट्रिय झण्डाप्रति व्यक्तिगत/ समूहगत लगावको प्रतिकका रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यस अभियानको एउटा मुख्य उद्देश्य भारतमा राष्ट्रिय झण्डाको संहिताको जागरूकता बढाउनु हो भन्दै भारत सरकारले राष्ट्रिय झण्डाको प्रयोग, प्रदर्शन र फहराउने बारे दिशानिर्देशहरू प्रदान गर्ने ‘भारतको झण्डा कोड २००२’ तयार गरेको पनि बताएका छन्। उनले अझ यसपाली नेहरु युवा केन्द्र दार्जीलिङद्वारा सम्पन्न हुँदै गरेको युवा संगठन विकास कार्यक्रमहरूमा पनि हर घर तिरंगालाई बढावा दिँदै गरेको र विभिन्न ब्लकहरुमा रहेका अन्य एनवाइभिहरुद्वारा पनि हर घर तिरंगाको जागरूकता अभियान चलाइरहेको जानकारी दिएका छन्। अन्तमा सम्पूर्ण जिल्लाका मानिसहरूमा आजादी का अमृत महोत्सव भव्यता पूर्वक मनाएर तिरंगलाई प्रत्येक घरमा फहराउने आग्रह गर्दै ७५औँ स्वतन्त्रता दिवसको अग्रिम शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *