लंकापाड़ा मिलन क्लब फाइनलमा

IMG_20220802_221556.jpg

२ अगस्तः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा लंकापाड़ा मिलन क्लबले फाइनलमा स्थान बनायो । रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा लंकापाड़ा मिलन क्लबले उज्जल इलेभेन (टुक्राखास)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम लेप्चाले २०औं र बिराज छेत्रीले ६३औं मिनटमा गोल गरे। यसरी नै उज्जल इलेभेन-बाट सौरभ तामाङले ७३औं मिनटमा एक गोल गरे। विजेता टीमका सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। अब ४ अगस्तमा खेलिने दोस्रो सेमिफाइनलमा दार्जीलिङ पुलिस र दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *