राष्ट्रिय झण्डा वितरण कार्यक्रम

IMG_20220801_233208.jpg

गान्तोक: आज रोङ्गेको रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाले प्रत्येक घर तिरंगा अभियान अन्तर्गत आफ्नो कार्यालयमा राष्ट्रिय झण्डा वितरण कार्यक्रम आयोजन गऱ्यो। यो कार्यक्रममा समाजसेवी तथा स्यारी निर्वाचन क्षेत्रका मुख्य संयोजक टेम्पो ग्यात्सो लेप्चा र सीएलसी अध्यक्ष लाक्पा कागतेको विशेष उपस्थिति थियो।
कार्यक्रमको आरम्भमा रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाका सल्लाहकार रिञ्जिङ वाङचुक काछोपाले देश स्वतन्त्रको ७५औ वर्षको अवसरमा अमृत महोत्सवलाई पालन गर्दै हर घर तिरङ्गा अभियान अन्तर्गत आज छोगपाका प्रत्येक सदस्यहरुलाई राष्ट्रिय झण्डा वितरण गरिएको जानकारी गराउँदै स्थानीय गाउँलेहरुलाई यस अभियानको महत्त्वबारे अवगत गराउने बताए।
कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका समाजसेवी तथा स्यारी निर्वाचन क्षेत्रका मुख्य संयोजक टेम्पो ग्यात्सो लेप्चाको बाहुलीद्वारा रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाका प्रत्येक सदस्यहरुलाई राष्ट्रिय झण्डा वितरण गरेर रोङ्गेमा हर घर तिरंगा अभियानको आरम्भ गरे। यस कार्यक्रममा स्थानीय ग्राम पञ्चायत सदस्य शङ्कर छेत्रीको पनि उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *