लेबोंग संकटा एफसी र युनाइटेड रंगबुल एफसी विजयी

IMG_20220801_232915.jpg

१ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टअन्तर्गत सोमवार भएको म्याचमा युनाइटेड रंगबुल एफसी विजयी भयो। लेबोंगको गोर्खा स्टेडियममा भएको म्याचमा युनाइटेड रंगबुल एफसी-ले तरुण खेलकुद संघलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिनय प्रधान र अविलाश छेत्रीले १-१ गोल गरे। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा लेबोंग संकटा एफसी-ले शिक्षा संघ हाई स्कूललाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पवन तामाङ, प्रभात गुरुङ, आदर्श थापा र निकेत राईले १-१ गोल गरे। शिक्षा संघ हाई स्कूलबाट अनिश राईले १ गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *