पीसीएस भवनमा फहराइयो राष्ट्रिय झण्डा

IMG-20220801-WA0192.jpg

गान्तोक: हर घर तिरङ्‌गो कार्यक्रम अन्तर्गत गान्तोकको एमपी गोलाइस्थित पत्रकार भवनमा पनि राष्ट्रिय झण्ड ङ्गहराइयो। राज्यका पत्रकारहरूको शिर्षस्थ सङ्गठन प्रेस क्लब अङ्ग्‌ सिक्किमको पहलमा आज राष्ट्रगानको साथ वरिष्ट पत्रकारहरूको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। उल्लेखनी छ, भारत सरकारको राष्ट्रभक्ति कार्यक्रम हर घर तिरङ्गालाई सिक्किम सरकारले विशेष प्राथमिकता दिएर पालन गर्ने भएको छ। जहॉं भारत सरकारको कार्यक्रम १३ देखि १५ अगस्त अर्थात स्वतन्त्रता दिवससम्म देशका प्रत्येक घरमा राष्ट्रिय ध्वज तिरङ्गा ङ्गहराउने रहेको छ भने सिक्किम सरकारले आज अर्थात एक अगस्तदेखि नै राज्यमा यो कार्यक्रम शुरु गरेको छ। आजदेखि नै राज्यमा बिल्डीङ, घर, दोकानपाठ, वाहन आदि विभिन्न स्थानमा तिरङ्गा ङ्गहराउने कार्य शुरु भएको छ।

यसै क्रममा प्रेस क्लब अङ्ग्‌ सिक्किमले पनि पत्रकार भवनमा तिरङ्‌गो ङ्गहराउने कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा विशेष गरेर वरिष्ट पत्रकारद्वय किशोर मोक्तान र आरपी शर्माको विशेष उपस्थिति रहेको थियो जसको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। यस अवसरमा पत्रकार केशव सापकोटाले राष्ट्रिय झण्डाको महत्व अनि यसलाई लगाउँदा ध्यान दिइनुपर्ने कुराहरूमाथि प्रकाश पारेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *