प्रदेश कङ्ग्रेस अध्यक्षलाई प्रकाउ गरेर एसकेएम सरकारले आफू तानाशाही भए प्रमाण दिएको छः एसडीएफ

IMG-20220801-WA0206.jpg

गान्तोक: सिक्किम प्रदेश कङ्ग्रेस पार्टीका अध्यक्षलाई हालैमा प्रकाउ गरेर एसकेएम सरकारले आफू तानाशाही रहेको प्रमाणित गरेको छ। सिक्किममा अहिले प्रजातन्त्रको हत्या भएकोले जन-जनमा सरकारविरूद्ध आक्रोश भएता पनि खुलेर बोल्न सकेका छैनन्। अध्यक्ष गोपाल छेत्रीलाई राजनैतिक लीला रच्दै गरिएको पक्राउलाई एसडीएफ पार्टीले गम्भीरतापूर्वक लिएको छ। सरकारले संविधानप्रदत्त वाक स्वतन्त्रताको अधिकार खोसेर जनतालाई निमुखाको तहमा राख्ने कोसिस गरिरहेको कुरा यस घटनाबाट पुष्टि भएको छ। प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार सरकारले जनताका हितमा काम गरेन र गर्नसकेन भने जनताले सरकारलाई आफ्ना हितमा काम गर्ने माग राख्न, सुझाउ राख्न तथा दबाउ सिर्जना गर्न पाउँछ। पाउनु पर्छ। सरकारलाई खै गर्नु जनताको प्रजातान्त्रिक अधिकार हो। सरकारले जनविरोधी काम गरेमा, जनाकांक्षाविरूद्ध काम गरेमा जनताले सरकारको विरोध गर्न पाउँछ र गर्नुपर्छ। जनताले विरोध गर्दा गर्दै पनि सरकारले टेरेन भने यो सरकार हटाएर आफ्नो हितको सरकार ल्याउन पनि सक्छ। प्रजातन्त्रको मूल प्रक्रिया र अख्तियार यही हो। सिक्किमेली जनताका हक, हित सुरक्षाका लागि एसडीएफ पार्टी यस एकतन्त्रे सरकारविरूद्ध हरेक मोर्चामा लड्दै आएको छ र सधैं लडिरहनेछ। जनताका आवाजलाई बुलन्द गर्ने सबै नेता र संघसंस्थाहरूको पनि हक हितका लागि एसडीएफ पार्टी तानाशाही व्यवस्थाविरूद्ध लडिरहनेछ। एसडीएफ पार्टी गोपाल छेत्रीलाई पक्राउ काण्डको ठाडो निन्दा गर्दै घोर भत्सर्ना जनाउँदछ भनी प्रेषित विज्ञप्तिमा उल्लेख छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *