जयगाउँ सिद्धीमान मेमोरियल ग्राउन्ड वेलफेयर सोसाइटीद्वारा विभिन्न क्रियाकलापको घोषणा

IMG-20220801-WA0184.jpg

कालचिनी: आज एक पत्रकार सम्मेलन गर्दै जयगाउँ सिद्धीमान मेमोरियल ग्राउन्ड वेलफेयर सोसाइटीको पक्षबाट आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगा कार्यक्रम मार्फत विभिन्न क्रियाकलापको घोषणा गरेका छन्| जयगाउँ सिद्धीमान मेमोरियल ग्राउन्ड वेलफेयर सोसाइटीको पक्षबाट सुधीर मोक्तानले जयगाउँको सड़कमा स्पीड ब्रेकरको रंग खुइलिएकोले त्यसलाई रंग पोत्ने काम शुरु गर्ने साथै जयगाउँ एनएस रोडदेखि प्रायः ८ किलोमीटर तल दलसिंहपाड़ा भानुभक्त मोड़सम्म साइकल रेसको आयोजना साथै आगामी ८ अगस्तको दिनदेखि नकआउट फूटबल टूर्नामेन्टको आयोजना गरिने जसको फ़ाइनल खेल जयगाउँ सिद्धीमान मैदानमा नै सम्पन्न हुने जनाएका छन्|
भारत स्वतन्त्रताको ७५औँ बर्षगॉंठलाई छेक पारेर यी कार्यक्रमहरुको तयारी जयगाउँ सिद्धीमान मेमोरियल ग्राउन्ड वेलफेयर सोसाइटीले गरेको र यसमा सबै पक्षको सहयोगिताको पनि कामना गरिएको सुधीर मोक्तानले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *