खरसाङमा जिल्ला स्तरीय प्रशिक्षण शिविर एवं आध्यात्मिक जागरण समारोह

MUSS

खरसाङ: मानव उत्थान सेवा समिति, दार्जीलिङ  जिल्ला भाग-१, दार्जीलिङ  मण्डल एवं खरसाङ तहसिलको संयुक्त आयोजनामा “जिल्ला स्तरीय प्रशिक्षण शिविर एवं आध्यात्मिक जागरण समारोह” स्थानीय टाउन सार्वजनिक भवन, नयाँ बजार, खरसाङमा ३१ जुलाई २०२२ को दिन सम्पन्न भयो।  पूर्वाद्धमा खरसाङ नयाँ बजारस्थित सन साईन स्कूल परिसरमा मानव सेवा दलको प्रशिक्षण शिविर महात्मा अदिना बाईजी, महात्मा देविका बाईजीको अध्यक्षतामा सम्पन्न भयो जसमा दार्जीलिङ जिल्लाका विभिन्न तहसिलका मानव सेवा दलले  अंश ग्रहण गरेका थिए। सन साईन स्कूलका निदेशक कमल अग्रवालको पनि कार्यक्रममा उपस्थित रहेको थियो। मानव सेवा दलका सदस्यहरूलाई खरसाङ महकुमा अस्पतालका चिकित्सक डा० सुमन विश्वासले फर्स्ट एड् चिकित्सा विषयमा प्रशिक्षण दिए। उत्तरार्धको आध्यात्मिक जागरण समारोह कार्यक्रम टाउन कम्युनिटी हलमा मानव उत्थान सेवा समिति, उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अदिना बाईजी अनि दार्जीलिङ -सिक्किम प्रान्तको अध्यक्ष महात्मा अखिलेश बाईजीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने खरसाङ-चिम्नी-देवराली समष्टिका सभासद श्याम शेर्पा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। यसका साथै खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान, गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरुपम, गोर्खा सांस्कृतिक संस्थानका अध्यक्ष श्रीमती आशा मुखिया लामा, प्रकाश लामा, माउसेस मूल सचिव प्रकाश हाङखिम, उपाध्यक्ष दिपक राई, मासेद प्रान्तपाल भीम प्रकाश राई, मण्डल प्रमुख श्रीमती बिनीता राई, सिक्किम मण्डल प्रमुख प्रवीण गुरुङ, सांस्कृतिक विभाग संयोजक विमल राई, युवा संयोजक कुमार योञ्जन, वरिष्ठ सल्लाहकार निर्ग लामा, उप-मूल सचिव चन्दन लकान्द्री, केन्द्रीय प्रचार प्रसार सचिव प्रा० मेघनाथ छेत्री विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।

यसका साथै खरसाङका विभिन्न संघ-संस्थाहरु नारी संस्थान, आचार्य संस्था, प्रगतिशील नारी संस्थान, गोर्खा सांस्कृतिक संस्थानका आदिका सदस्यहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। दार्जीलिङ मण्डल संयोजिका श्रीमती रन्जना प्रधानद्वारा सन्चालित कार्यक्रममा दार्जीलिङ जिल्ला प्रमुख रोहित प्रधानले स्वागत वक्तव्य राखेपछि खरसाङकी युवा कलाकार सृष्टि तामाङले स्वागत नृत्य प्रस्तुत गरी। कार्यक्रममा मानव उत्थान सेवा समिति, उत्तर पूर्वाञ्चल क्षेत्र द्वारा प्रमुख अतिथि अनित थापा अनि विशिष्ट अतिथि श्याम शेर्पालाई  दोसल्ला ओढाएर अनि अभिनन्दन पत्र प्रदान गरेर सम्मान सम्वर्द्धना जनाइयो। प्रमुख अतिथिको आसनबाट बोल्दै अनित थापाले भने राम्रो कार्य गर्नु गाह्रो अनि साह्रो छ तर जीवनमा मैले राम्रो काम गर्ने नै मिशन बनाएको छु। यस समारोहमा आएर शान्ति महसुस गरे अनि धेरै आध्यात्मिक वचनहरु सुन्ने मौका पाएँ जसले जीवनमा संधैं अघि बढ्ने प्रेरणा दिन्छ। उनले निमन्त्रणाको निम्ति आयोजक समितिप्रति आभार प्रकट गरे। मिरिक तहसिलका बाल सभाका नानीहरुले गुरु बन्दना प्रस्तुत गरे भने दार्जीलिङ  तहसिलका बाल सभाद्वारा आदिकवि भानुभक्त आचार्य अनि घाँसीमाथि रोचक नाटक प्रस्तुत गरे।

कार्यक्रममा समितिका मूल सचिव प्रकाश हाङखिमले समितिको लक्ष्य अनि उद्देश्य बारे गहकिलो वक्तव्य राखे। केन्द्रीय प्रचार प्रसार सचिव प्रा० मेघनाथ छेत्रीले पनि आध्यात्मिक विचार प्रस्तुत गरे।  समितिका भजन मण्डलीद्वारा भक्तिमय भजनहरु प्रस्तुत गरे जसका मुख्य आकर्षण भोइस अफ नेपाल सिजन- ३ का लोकप्रिय प्रतियोगी अनि उप-बिजेता आर्यन तामाङ रहेको थियो। आर्यन तामाङको कर्णप्रिय भजनहरुले सबैलाई मन्त्रमुग्ध बनाए यसका निम्ति उनलाई पनि युवा प्रकोष्ठद्वारा स्मृति चिह्न प्रदान गरेर सम्वर्द्धना जनाए। कार्यक्रममा मानव सेवा दल अनि समितिका जिल्ला स्तरीय कार्यकर्ताहरुले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गरे।  महात्मा अदिना बाईजी अनि महात्मा अखिलेश बाइजीले आत्म अनुभवले ओतप्रोत प्रेरणादायी सत्संग प्रवचनले उपस्थित जनसमूह लाई सम्बोधन गरिन्। कार्यक्रमको अन्तमा समितिका मिडिया प्रभारी बृज कमल राईले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमको समापन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *