सालबारीमा कुशल राईकृत ‘आगो टेकेर’ रूबाई सङ्ग्रहको लोकार्पण

IMG-20220801-WA0170.jpg

सालबारी: नेपाली साहित्यमा हाल चर्चित विधाहरूमा रूबाई पनि एक हो। भारतमा आठौं मौलिक रूबाई सङ्ग्रहको रूपमा टिस्टा भेल्लीका युवा रूबाईहस्ती कुशल राईको रूबाई सङ्ग्रह ‘आगो टेकेर’ सालबारी समाज सेवा भवनमा लोकार्पण गरिएको छ। नेपाली साहित्यका शिखर पुरुष साहित्यकार नरबहादुर दाहालको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए नेपाली साहित्यमै पहिलो मौलिक रूबाई सङ्ग्रह दिने वरिष्ठ रूबाईहस्ती प्रकाश आङ्देम्बे उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा युग्मककार कालुसिंह रनपहेली, वरिष्ठ कविहरू ज्ञानेन्द्र खतिवडा, एनबी दाहल नवीन, उर्मिला घिसिङ, भक्ति शिला देवान, विरेन्द्र अप्जस, दिल ठकुरी, जिङलाम उदय उच्चत्तर मा. वि. का भूतपूर्व प्राचार्य मधुप राई, कृतिकारकी आमा विमला राई आदि रहेका थिए। माता सरस्वतीको तस्वीरअघि दीप प्रज्ज्वलनसित आरम्भ भएको कार्यक्रममा स्वागत सम्भाषण गजलगो निर्दोषिका तामाङले राखेकी थिईन्। समारोह अध्यक्ष, प्रमुख अतिथि, विशिष्ठ अतिथिगण, कृतिकार अनि कृतिकारकी आमाको बाहुलीबाट कृति ‘आगो टेकेर’- लोकार्पण गरियो। कृति लोकार्पणको घोषणा समारोह अध्यक्ष वरिष्ठ साहित्यकार नरबहादुर दाहालले गरेका थिए। लोकार्पित कृतिमाथि टिप्पणी युग्मककार कालूसिंह रनपहेंलीले राखेका थिए। प्रमुख अतिथिको आसनबाट बोल्दै प्रसिद्ध रूबाई सर्जक अनि रूबाई सिद्धान्तका प्रखर ज्ञाता प्रकाश आङ्देम्बेले रूबाई विषयमा खुबै रोचक कुराहरू राखेर धेरै जानकारीहरू दिए भने आफ्ना स्वरचित रसिला रूबाईहरू पठन गरे। कार्यक्रमका अध्यक्ष साहित्यकार नरबहादुर दाहलले अध्यक्षीय सम्बोधनमा भने, धेरै लेखकहरू एउटा कृति प्रकाशित गरेर बिसाउँछ्न् तर सर्जक कुशल राईले त्यसो गरेनन्, आफ्नो पहिलो कृति प्रकाशित भएको केही समयको अन्तरालमा नै उनले दोस्रो कृति प्रकाशित गरेर आफ्नो लेखनमा निरन्तरता रहेको प्रमाण दिएका छन्। यसको निम्ति उनले कृतिकारलाई बधाई दिए। साहित्यकार दहालले भनिरहेका थिए, हिजोआज धेरै पुस्तकहरू प्रकाशित र लोकार्पित भइरहेछन् जो खुबै खुशी लाग्दा कुरा हुन्। कृतिकार कुशल राईले आफ्नो सम्बोधनमा आफ्नी ममतामयी आमा विमला राई लगायत आफूलाई प्रेरणा र हौसला दिनेहरू सबैसबैमा धन्यवाद ज्ञापन गरे अनि सुन्दर सुरूबाईहरू पनि प्रस्तुत गरेर थप्पडीहरू बटुलिरहेका थिए। उक्त कार्यक्रममा टिस्टा भेल्ली खहरे गाउँको ‘सामाजिक संरक्षण संस्था’-को पक्षबाट कवि कुशल राई अनि उनकी आमालाई सम्वर्द्धना जनाइयो। गाउँघरको पक्षबाट सम्बर्द्धना जनाउने कार्यक्रम पहिले नै सोचेको भए पनि, कतिपय कारणवश सम्पन्न गर्न असमर्थ रहेको कुरो संस्थाका प्रचारप्रसार सचिव अञ्जय थापाले बताए। उनले कुशल राई साहित्यमा मात्र सिमित नरहेर समाज सेवी पनि हुन् भनी बताउदै उनीप्रति गाउँको कृतज्ञता प्रकट गरे। सम्पूर्ण कार्यक्रमलाई खुबै रोचक ढङ्गमा बरिष्ठ साहित्यकार योगेश मुक्सुद्वारा सञ्चालन गरेको थियो। अन्त्यमा प्रकाशक राकेश छेत्रीले धन्यबाद ज्ञापन राखे। समारोह रूबाईमय, गजलमय अनि कवितामय बनिरहेको थियो जसमा वरपरका विभिन्न क्षेत्रहरू अनि नेपालबाट आएका कवि, गजलगो अनि रूबाईकारहरूले सुन्दर रचनाहरू पठन गरेर कार्यक्रमको शोभा बढाइरहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *