आजादीको अमृत महोत्सव अन्तर्गत नाबार्डकाे कार्यक्रम

गान्तोक: आजादीको अमृत महोत्सव अन्तर्गत “उपलब्धि@७५: नाबार्डको योगदानद्वारा राज्यमा जीवनको रूपान्तरण” माथि अाजको दिन नाबार्डका एजीएम-डीडी, नाम्चीद्वारा ग्याबास्थित कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा कार्यक्रम आयोजन गरियो। कार्यक्रममा सिन्द्रोङ वार्डकी पञ्चायत सभापति श्रीमती किञ्जाङफुटी लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। यसका साथै केभीके ग्याबाका वरिष्ठ वैज्ञानिक एवं प्रमुख दिनेश बसनेत, एजीएम-डीडी, नाबार्ड नाम्चीका रूबेन लामिछाने, एफपीओ अनि एसएचजीका सदस्यगणका साथमा प्रगतिशील कृषकहरू उपस्थित थिए।

एजीएम रूबेन लामिछानेले सिक्किममा विभिन्न क्षेत्र अन्तर्गत नाबार्डको उपलब्धिबारे प्रकाश पारे। यसका साथै एसएचजी अनि एफपीओका सदस्यहरूलाई प्रोत्साहित गर्न एसएचजी अनि एफपीओहरूका सफल गाथामाथि आधारित भिडियो फिल्म पनि प्रदर्शित गरियो। यसै क्रममा लोटस एसएचजी, देन्तामकी श्रीमती तिलमाया लेप्चाले नाबार्डको सहयोगमा स्थापित ग्रामीण बजारबाट पाएको फाइदाबारे आफ्नो अनुभव साझा गरिन्छ। यसै गरी सोपाखाको स्पेशल मदर एसएचजीकी श्रीमती सुनिता राईले नाबार्डद्वारा प्रायोजित थुक्पा बनाउने प्रशिक्षणबारे आफ्नो समूहको अनुभव साझा गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *