स्वर्गीय मनमाया बस्नेत स्मृति च्यालेन्ज ट्रफी एवं स्वतन्त्रता दिवस खुल्ला फुटबल प्रतियोगिता शुरू

नाम्ची: आजदेखि दक्षिण सिक्किमअन्तर्गत, सदाममा स्वर्गीय मनमाया बस्नेत स्मृति च्यालेन्ज ट्रफी एवं स्वतन्त्रता दिवस खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ। यस प्रतियोगिताको आयोजना सदाम फुटबल कल्बको प्रायोजनमा सदाम स्वतन्त्रता दिवस आयोजक समितिले गरेको हो।

आज कार्यक्रममा मुख्य अतिथिको रूपमा मल्ली समष्टिकी विधायक फर्वन्ती तामाङ उपस्थित थिइन्। कार्यक्रममा स्थानीय स्कूलहरूका विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे। यस अवसरमा सदाम उच्चतर माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थी सङ्गठनले सो विद्यालयका पूर्व विद्यार्थी भवन एवं आवास विभागका सचिव कुलदीप छेत्री र शहरी विकास विभागका सचिव छिरिङ शेर्पालाई अभिनन्दन जनायो। अभिनन्दित व्यक्तिद्वयले अभिनन्दनका लागि आयोजक समितिलाई धन्यवाद दिएको छ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको आजको प्रथम खेलमा एकको विरूद्ध चार गोल लगाएर चिसोपानी एफसीले माउण्टेन सोल राइडरलाई पराजित गर्यो। यसरी नै दोस्रो खेलमा एकको विरूद्ध दुई गोल लगाएर सदाम उच्चतर माध्यामिक विद्यालयले सिनाल्चु भेटरेन्सलाई पराजित गर्यो।

कार्यक्रममा सम्बोधन गर्दै विधायक तामाङले स्वतन्त्रता सेनानीहरूको मुल्याङ्कन गर्दै यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिइन्। स्वतन्त्रता सेनानी हेलेन लेप्चाको स्मरण गर्दै उनले सिमानामा खटी रहेका सेनाहरूको योगदान विषय प्रकाश पारिन्। मुख्यमन्त्री पीएस तामाङले सिक्किमलाई विकासको मार्गमा अघि बढाइरहेको उल्लेख गर्दै उनले सिक्किम सरकारका नारी सम्बन्धित योजनाहरूमाथि प्रकाश पारिन्।

कार्यक्रममा नेपाली चलचित्र जगतका निर्देशक-कलाकार तुल्सी घिमिरे, एसकेएम पार्टीको मल्ली समष्टिका प्रभारी तिलक बस्नेत, एसकेएम पार्टीका उपाध्यक्ष लोब्साङ भोटिया, एसकेएम पार्टीको दक्षिण जिल्ला अध्यक्ष टेणी डोमा भोटिया आदिको पनि विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *