टिस्टा हायर सेकेण्डरी स्कूलको जीत

photocollage_2022729224818674.jpg

२९ जुलाई: टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा शुक्रवार खेलिएको म्याचमा टिस्टा हायर सेकेण्डरी स्कूल सजिलै विजयी भयो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा खेलिएको म्याचमा टिस्टा हायर सेकेण्डरी स्कूलले मांगवा एफसीलाई ४-०-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.