इण्डिपेण्डेन्स कपः हर्के एफसी मारापुर र जेपीएफसी बाघडुग्रा विजयी

२९ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा शुक्रवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा हर्के एफसी मारापुरले एमएम तराईलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट विशाल राईले १०औं, रिकी श्रेष्ठले २४औं र पुजन छेत्रीले ५०औं मिनटमा गोल गरे। दिनको दोस्रो म्याचमा जेपीएफसी बाघडुग्राले बुङकुलुङ एफसीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल मल्लिकले तेस्रो, प्रशान्त छेत्रीले ४७औं र राजीव छेत्रीले ५२औं मिनटमा गोल गरे। यसरी नै बुङकुलुङ एफसीबाट रबीन सुब्बाले २१औं मिनटमा १ गोल गरे। अब शनिवार खेलिने म्याचमा एनएक्सबीएफसी नक्सलबारी र माछेबस्तीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *